सम्बन्धहरूको जटीलताले बनेको नाटक ‘कथा-एक’

नाटक ‘कथा-एक’ मानव सम्बन्धको यात्रा, जटीलता, समस्या र सम्बन्धहरूको अन्तर्सम्बन्धको संक्षिप्त तर सूक्ष्म संस्लेषण हो ।

नाटक ‘कथा-एक’ मानव सम्बन्धको यात्रा, जटीलता, समस्या र सम्बन्धहरूको अन्तर्सम्बन्धको संक्षिप्त तर सूक्ष्म संस्लेषण हो । यो सामाजिक विषयमा खासै टिप्पणी नगर्ने तर फन्डामेन्टल ह्युमन ट्रुथको आधार लिएको व्यक्तिगत स्तरमा रिलेटेबल कथा हो । फरक सम्बन्धहरूलाई कथामा समानन्तर रूपमा पस्किएको छ, फरक-फरक तर अन्तर्सम्बन्धित; गहिराई र जटीलता पात्र र व्यक्तित्व अनुसार भिन्न । एकपछि अर्को उतारचढाव शैलीमा दृश्यहरू देखाइन्छ, कलाकारहरू पनि निकै पोख्त हुनुहुन्छ, त्यसैले नाटक पेजटर्नर शैलीको हेर्न निकै मज्जादार छ; उठान गरिएको विषयवस्तुको गाम्भिर्यताको बीचमा रोचकता, साङ्गितिक सयर र रमाइलोपन छुट्दैन । १२ देखि २८ वैशाखसम्म मण्डला थिएटरमा प्रदर्शन भइरहेछ ।

१६ वैशाख २०८२ ।



Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *